२०८२ फाल्गुन १९ गते मंगलवार

ऊन प्रशोधन तथा धागो बनाउने तालिम सम्पन्न

बाजुरा , बैशाख १३ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाँउपालिका ऊन प्रशोधन तथा धागो बनाउने एक महिने तालिम सम्पन्न गरिएको छ । हिमाली गाउँपालिका समन्वय र आई.एन.एफ. नेपालको आर्थिक सहयोगमा धुलाचौरमा ऊन प्रशोधन तथा धागो बनाउने एक महिने तालिम सञ्चालन गरिएको थियोे । विशेषगरी गरि वडा नम्बर १,२ र ३ का महिलाहरुलाई उद्यमी व्यवसायी बन्नको लागि सिपमुलक तालिम गरिएको हो । उहाँले बताउनुभयो , “विशेषगरी भेडा पालन गर्ने ठाउँका महिलाहरुलाई उन प्रशोधन तालिम दिएको हो ।

चैत १७ गतेबाट सञ्चालन गरिएको बिहान दिउँसो लगातार तालिम गरेर बैशाख १२ गते शुक्रबार सम्पन्न गरिएको छ । हिमाली गाउँपालिका १,२ र ३ नम्बर वडाका १० जना महिलाहरुको सहभागिता गराएर बेरोजगारी महिलालाई रोजगार सेवा मुलक बनाउन तालिम प्रदान गरिएको छ ।” गाउँमा उन कातन धेरै समय लाग्ने र राम्रो नहुने हुँदा मेसिन द्वारा सहज बनाउन नयाँ आधुनिक तरिकाले तालिम दिएको छ ।

अब गाउँ महिला रोजगार संगै आफ्नो उन मेसिनबाट बनाएर अरु उन खरिद गरेर मेसिन द्वारा धागो निकालेर डल्लो बेच्न मिल्ने सकिने तालिम सहज हुने भएको आई.एन.एफ. नेपाल सहयक क्षमता बिकास अधिकृत सम्झना शाहीले बताउनुभयो । उहाँले बताउनुभयो , “तालीम विशेषगरी हिमाली गाउँपालिका महिलाहरुलाई उद्यमी व्यवसायी बन्नको लागि आई.एन.एफ. नेपालको आर्थिक सहयोगमा एक महिने ऊन प्रशोधन तथा धागो बनाउने तालिम संगै मेसिन सहयोग गर्नु भएकोमा हिमाली गाँउपालिकाको तर्फबाट आई.एन.एफ. नेपाल र राइज परियोजनालाई हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले धेरै धन्यवाद दिएका छन ।

तालिम समापन कार्यक्रममा उपाध्यक्ष राजकला सार्की, वडा अध्यक्ष प्रेमलाल भण्डारी, आई.एन.एफ. नेपाल संस्थाकी सहायक महिला विकास अधिकृत सम्झना शाही, उधम विकास सहजकर्ता कमला बुढा, आई.एन.एफ. नेपाल हिमाली गाउँपालिका टिम लिडर लक्ष्मीप्रसाद जोशी लगायत तालिम सहभागिता उपस्थिति ऊन प्रशोधन तथा धागो बनाउने एक महिने तालिम सम्पन्न गरिएको आई.एन.एफ. नेपाल सहयक क्षमता बिकास अधिकृत सम्झना शाहीले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM