२०८२ फाल्गुन १९ गते मंगलवार

स्वामीकार्तिकको भाम देखि रुडिसम्म सडक अध्यक्ष रोकाया द्वारा उद्घाटन

बाजुरा , बैशाख १३ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिका दुर्गम भाम देखि रुडिसम्म सडक उद्घाटन गरिएको छ । स्वामीकार्तिक खापर गाउँपालिका करिब दुई करोड लगानी मध्य २५ लाख सुदुरपश्चिम् प्रदेश लगानीमा निर्माण सडक दुई वर्ष लामो अर्थ प्रयासमा आज एक औपचारिक कार्यक्रम बीच गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले रिबन काटेर उद्घाटन गर्नुभएको छ ।

दुई वर्ष निरन्तर सडक निर्माणकार्य सम्पन्न पश्चात् आज सडक सञ्चालन गरिएको छ । वडा १ रुडि, मुक्तिकोट गाउँ र वडा नम्बर २ गाउँ बस्ती सडक संजाल जोडिदै कालिकोट जिल्लाको पलता गाउँपालिका सम्म सडक सुचारु भएको छ । गाउँमा सडक संचालनमा आउँदा गाउँ बुढापाखाको मुहार फेरिएको छ । विगत देखि खाद्यान्न लगायत सामाग्री पिठ्युँमा बोकेर घण्टौ हिड्नु पर्ने स्थित अहिले कम हुँदै आएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।

दुर्गमका ठाउँमा सडकको पहुँचमा आउँदा दुई पाङ्ग्रे मोटरसाइकल तथा जिप सञ्चालनमा आएका छन । स्थानीयलाई खाद्यान्न रासन नुन, तेल, चामल लगायत सामाग्री पिठ्युँमा बोकेर ल्याउनुपर्ने अवस्था थियोे । अहिले गाउँ सम्म सडक विस्तार भएपछि स्थानीयले गाउँपालिकालाई धन्यवाद दिएका छन ।

अहिलेसम्म सडक निर्माण भएपनि सञ्चालनमा नआउँदा गाउँबाट अर्को ठाउँमा जानआउन असहज भएको थियो । अब घरदैलोमा सडक संजाल पहुँचमा आउँदा साथ एकदमै सहजीकरण भएको त्यहाँका स्थानीय बताउने गरेका छन । दुर्गम गाउँ सडक सञ्चालन आएपछि गाउँका धेरै अनुहारमा खुशी देखिन्छ । जसले गर्दा गाउँका सर्वसाधारण हर्ष उमंग भएका छन ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM