२०८२ फाल्गुन १९ गते मंगलवार

‎मकवानपुरको बकैया र कोरिया बयगुन पालिकाबिच भगिनी सम्बन्ध कायम गर्न प्रस्ताव

मकवानपुर ‎बकैयाः पुर्विमकवानपुरको बकैया गाउँपालिका र दक्षिण कोरियाको बुय–गुन पालिकाबिच भगिनी सम्बन्ध कायम गरिनेभएको छ ।
‎कोरियन कल्चर सेन्टरका प्रतिनिधि मुन यङ सुसहितको प्रतिनिधिहरुसँग बकैया गाउँपालिकामा बुधबार छलफलसहित बकैया गाउँपालिका र बुय–गुन पालिकाबिच भगिनी सम्बन्ध कायम गर्न प्रस्ताव गरिएको हो ।
‎बकैया गाउँपालिका र बुय–गुन पालिकाबिच बकैया गाउँपालिकालाई कृषि, पर्यटन, शिक्षा र प्रविधि हस्तान्तरणको क्षेत्रमा सहयोग गर्ने गरी भगिनी सम्बन्ध कायम गर्न लागिएको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिनुभयो ।
‎सो अवसरमा कोरियन कल्चर सेन्टरका अध्यक्ष मुन यङ सुलाई भगिनी सम्बन्ध कायम गर्नका लागि सहजीकरण गरिदिन अनुरोध गर्ने निर्णयसहित बकैया गाउँपालिकाका अध्यक्ष लामिछानेले कोरियन कल्चर सेन्टरका प्रतिनिधि अनुरोधपत्र हस्तान्तरण गर्नुभयो ।
‎छलफल कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री, किम नाम सिक, उद्योगी अरुणराज सुमार्गी, बकैया गाउँपालिका वडा नं. १० का वडाध्यक्ष कमला वाइवा, निमित्त प्रमुख प्रशासकीय अधिकृत मिलन दुलाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM