२०८२ फाल्गुन १९ गते मंगलवार

लोकतन्त्र दिवसको अवसरमा प्रदेश प्रमुख देवकोटाद्वारा शुभकामना: “संविधान र लोकतन्त्रको रक्षा सबैको जिम्मेवारी”

सरिता दाहाल,मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले लोकतन्त्र दिवस–२०८२ को अवसरमा देशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ ।बैशाख ११ गते लोकत्रन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुदै प्रदेश प्रमुख देवकोटा लोकतन्त्र स्थापनामा आफ्नो प्राणको आहुति दिने महान सहिदहरूप्रति उच्च सम्मान भावका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

निरंकुशताबिरुद्द नेपालको इतिहासमा बि।स। २०६२र२०६३ मा भएको आम नेपालीको सहभागिताको जनआन्दोलन भाग( २ को परिणामस्वरूप आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको उत्कृष्ट अभ्यासमा छौँ ू उहाँले सन्देशमा भन्नुभएको छ।नेपाली जनताले लामो संघर्ष, बलिदान र त्यागबाट प्राप्त गरेको लोकतान्त्रिक मूल्य र मान्यता गौरवको धरोहर भएको उहाँले उल्लेख गर्नुभएको छ।

लोकतन्त्र सार्वभौम नागरिक र नागरिकको स्वतन्त्रताको सर्वोच्चता स्थापित गर्ने दर्शनबाट अभिप्रेरित व्यवस्था हो ।लोकतन्त्रमा शासन प्रणालीलाई पारदर्शी तथा जवाफदेही बनाउने, बेथिति अन्त्य गर्ने, शुसासन कायम गर्ने, जनतामा सेवा प्रवाह अभिवृद्धि गर्ने र जनताको भरोसा जागृत गराउन सबैको प्रतिबद्धता आवश्यक भएको उहाँको भनाइ छ ।

सबैले लोकतान्त्रिक प्रणालीको संस्थागत विकास, मौलिक र मानव अधिकारको संरक्षण, सुशासन, प्रवर्द्धन र न्यायमूलक समावेशी समाज निर्माणका लागि अझ दृढ प्रतिबद्धता जनाउनु आवश्यक छू उहाँले सन्देशमा भन्नुभएको छ।लोकतन्त्र शासन व्यवस्था मात्र नभई जनताको सहभागिता, समानता, पारदर्शिता र उत्तरदायित्वमा आधारित सभ्य र सहिष्णु समाजको आधारशिला भएको उहाँले बताउनु भएको छ। यसलाई मजबुत बनाउन हामी सबै क्रियाशील रहनुपर्दछ । हामी आफ्ना कर्तब्यप्रति निष्ठावान र अधिकारप्रति सचेत भै लोकतन्त्रलाई संस्थागत गर्दै समृद्ध देश निर्माणमा अघि बढ्नुपर्ने उहाँको सन्देश छ ।

आजको दिनले आफ्ना सैद्धान्तिक बिचार र राजनैतिक दर्शनभन्दा एक कदम माथि उठेर राष्ट्रहित र आम जनताको भलाईमा लाग्न सम्पूर्ण राजनैतिक दल र नागरीक समाजलाई प्रेरणा दिने बिश्वास लिएको छुू उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।यो महान दिनले हामी सबैमा एकता, मेलमिलाप, सहिष्णुता र जिम्मेवार नागरिकको भावना जागृत गराउनेछ भन्ने कामना उहाँले गर्नुभएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM