२०८२ फाल्गुन १९ गते मंगलवार

मकवानपुरमा नवनिर्मित तीनतले महिला ब्यारेक भवनको भव्य उद्घाटन समारोह सम्पन्न

प्रमोद सहनी र मकवानपुर। बैशाख १० महिला सुरक्षाकर्मीहरूको आवास र कार्यसुविधालाई अझ व्यवस्थित र सुरक्षित बनाउन बागमती प्रदेश सरकारले लिएको रणनीतिक पहल अन्तर्गत मकवानपुरमा नवनिर्मित तीनतले महिला ब्यारेक भवनको समुद्घाटन समारोह आज एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको परिसरमा निर्माण सम्पन्न उक्त भवनको उद्घाटन कार्यक्रम बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयका माननीय मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

कार्यक्रमलाई भव्य बनाउने उद्देश्यले विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा हेटौंडा उप(महानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्ण हरि शर्मा लगायत स्थानीय जनप्रतिनिधि, प्रहरी अधिकृतहरू, निर्माण कम्पनीका प्रतिनिधिहरू, सञ्चारकर्मी र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। उद्घाटन समारोहमा भवन निर्माणमा योगदान पुर्‍याएकोमा गौरीगणेश कन्स्ट्रक्सनका सञ्चालक पवन कुमार मिश्रलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। साथै, प्रहरी सेवामा उल्लेखनीय भूमिका निर्वाह गरेका वरिष्ठ हवल्दार ज्ञान बहादुर राई र हवल्दार असर्फिलाल साहलाई प्रशंसा पत्रसहित नगद पुरस्कार प्रदान गर्दै विशेष सम्मान गरिएको थियो। उक्त महिला ब्यारेक भवनको निर्माणका लागि मिति २०८० असोज ०८ गते, जिल्ला प्रहरी कार्यालय मकवानपुर र गौरीगणेश कन्स्ट्रक्सन, गौर–९, रौतहटबीच निर्माण सम्झौता भएको थियो। प्रारम्भिक सम्झौताअनुसार करसहित रु। १,९१,०९,०४२।०३ मा भवन निर्माण गरिने सहमति थियो। तर, भवन निर्माण अवधिमा केही प्राविधिक कारणले डिजाइनहरूमा आवश्यक संशोधन गरिँदा परिमार्जित लागत रु। १,९५,७३,१४०।९१ पुगेको हो। भवन निर्माणको सम्पूर्ण कार्य बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित बजेट अन्तर्गत सम्पन्न भएको हो।

नवनिर्मित महिला ब्यारेक भवन ५०४।०९ वर्ग मिटर क्षेत्रफलमा च्ऋऋ फ्रेम स्ट्रक्चर अवधारणाअनुसार निर्माण गरिएको हो। यो भवन तीन तल्ले रहेको छ, जसमा महिला प्रहरीहरूको दैनिक बसोबास, कार्य सुविधा, सुरक्षा तथा गोपनीयता पूर्णरूपमा ध्यान दिइएको छ। महिला ब्यारेक २ वटा ,सभाहल १ ,शौचालयरस्नानगृह २ , महिला प्रहरी सहायक निरीक्षक ९प्र।ह।रप्र।ज।० का लागि ब्यारेक २ वटा , शौचालयरस्नानगृह सुविधासहित महिला जु।प्र।अ। का लागि ब्यारेक १ ,महिला सि।प्र।अ। का लागि ब्यारेक १ , शौचालयरस्नानगृह २ वटा रहेको छ। महिला सुरक्षाकर्मीहरूलाई सुरक्षित, मर्यादित र सुविधा सम्पन्न आवास उपलब्ध गराउनु सरकारको उच्च प्राथमिकता रहेको छ। भवन निर्माण महिला प्रहरीहरूलाई प्रेरणा दिने, कामप्रति उत्साह बढाउने र सेवा प्रभावकारिता सुधार गर्ने एक महत्वपूर्ण पाइलो हो। उक्त भवन भविष्यमा अन्य जिल्लाहरूका लागि पनि नमूना बन्ने अपेक्षा गरिएको छ। कार्यक्रममा उपस्थित सबै महानुभावहरूले महिला सुरक्षाकर्मीहरूको सशक्तिकरण र सशक्त प्रहरी प्रशासनका लागि अझ प्रभावकारी संरचना निर्माणमा निरन्तर सहयोग गर्न प्रतिवद्धता व्यक्त गरेका थिए। कार्यक्रममा प्रहरी नायब महानिरीक्षक कृष्ण हरि शर्माले समस्त सहभागी तथा आयोजनाका सहयोगीहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM