२०८२ फाल्गुन १९ गते मंगलवार

स्वामीकार्तिकमा बृहत लोक साँस्कृतिक उत्सव हुने

बाजुरा, बैशाख ९ । स्वामिकार्तिक खापर गाउँपालिकामा बृहत लोक साँस्कृतिक उत्सव संचालन हुने भएको छ । कलाको सम्मान संस्कृतिको पहिचान भन्ने उदेष्य सहित बृहत लो साँस्कृतिक उत्सव संचालन हुने भएको हो ।

यहाँको कला,संस्कति र स्थानिय भाषालाई प्रचार,प्रसार सहित प्रर्वद्धन गर्ने धेयका साथ बृहत लोक साँस्कृतिक उत्सव संचालन गरिने स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए ।

सुदूरप्रश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना, सह(आयोजकमा गाउँपालिका र रितादेवी जनएकता फाउन्डेशन नेपालको सहकार्यमा साँस्कृतिक उत्सव लाग्ने फाउन्डेशनकी अध्यक्ष रिता शाहीले बताएकी छन् ।

उक्त साँस्कतिक उत्सवको उद्घाटन भने सुदूरप्रश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले गर्ने भएका छन् । साँस्कृतिक उत्सव कार्यक्रम यही बैशाख १३ गते स्वामिकार्तिक खापर गाउँपालिकामा हुने भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM