२०८२ फाल्गुन १९ गते मंगलवार

पर्साबाट काठमाडौँसम्म : विषको गुप्त यात्रा

प्रमोद सहनी

मकवानपुर , बैशाख ९ । लागूऔषध तस्करीको सञ्जाल झनै गहिरिँदै गएको पुष्टि गर्दै मकवानपुर प्रहरीले एक सुमो गाडीबाट ठूलो परिमाणमा इल्भ्च्भ्ह् नामक लागुऔषध बरामद गरेको छ। सत्तरीभन्दा बढी जिल्लामा फैलिरहेको लागुऔषध समस्या मकवानपुरको राजमार्ग हुँदै काठमाडौँसम्म पुर्‍याउने योजनासहित ल्याइएको २२५ बोतल इल्भ्च्भ्ह् बरामद भएको हो।


प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको टोलीले आइतबार बिहान करिब ६स्०५ बजे पूर्व–पश्चिम लोकमार्गको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोस्टमा चेकजाँचको क्रममा सुमो गाडी मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको गाडीलाई रोक्दा, लागूऔषध लुकाएर राखिएको फेला पारेको हो।

प्रहरीका अनुसार, सुमो गाडी अमलेखगञ्ज, बाराबाट काठमाडौंतर्फ जाँदै थियो। सवारी चेकजाँचका क्रममा शंका लागेपछि प्रहरी टोलीले गाडी र चालकको रितपूर्वक शरीर तथा सवारीसाधनको विस्तृत खानतलासी गरेको थियो। तलासी गर्दा गाडीको छतमा जगेडा टायर राखिएको थियो। टायर भित्र विशेष प्वाल पारी लुकाएर राखिएको अवस्थामा इल्भ्च्भ्ह् १०० एमएलको २२५ बोतल फेला परेको हो।
बरामद लागूऔषधसँगै प्रहरीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–९ बसोबास गर्ने २४ वर्षीय मुम्ताज मियाँलाई नियन्त्रणमा लिएको छ। लागूऔषध ओसारपसारमा संलग्न मियाँमाथि मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM