२०८२ फाल्गुन १९ गते मंगलवार

हेटौडामा गाईगोरु अवैध ढुवानी चालक फरार, १५ वटा पशु नियन्त्रणमा

प्रमोद सहनी

मकवानपुर, बैशाख ९ ।अवैध रूपमा गाईगोरु ढुवानी भइरहेको सूचना पाएपछि मंगलबार बिहान वडा प्रहरी कार्यालय, सानोपोखरा हेटौडाबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–४ स्थित फरेस्ट्री क्याम्पस अगाडि कडाइका साथ चेकजाँच गर्दै गरेको थियो।
बिहान ५स्०० बजेको समयमा, हेटौंडा बजारबाट वीरगञ्जतर्फ गइरहेको बा।प्र।०३–००१ख–१२२० नम्बरको आइचर ट्रकलाई रोकेर जाँच गर्न खोज्दा ट्रक चालक सवारीसाधन छोडी भागेको प्रहरीको भनाइ छ।

ट्रकको पछाडिको भाग खोलेर जाँच गर्दा ८ वटा गाई र ७ वटा गोरु को अवैध रुपमा ढुवानी भइरहेको खुलेको थियो। पशु ढुवानीसम्बन्धी कुनैपनि भेटेरिनरी प्रमाणीकरण कागजात फेला नपरेपछि, सुरक्षाकर्मीहरूले तत्काल ट्रकसहित सबै पशु नियन्त्रणमा लिई पशु सेवा केन्द्र कार्यालय, हेटौंडामा बुझाएका छन्।

सामान्यत पशु ओसारपसारका लागि पशुसेवा विभाग वा सम्बन्धित निकायबाट अनुमति लिने, पशु स्वास्थ्य परीक्षण गराउने, र आवश्यक कागजात साथमा राख्नुपर्ने कानुनी व्यवस्था छ। तर यो ट्रकमा कुनै कानुनी प्रक्रिया नपुर्याइएको हुँदा यसलाई अवैध पशु तस्करी को रूपमा लिइएको छ।

फरेस्ट्री क्याम्पस क्षेत्र आसपासका स्थानीयवासीले यस्ता कार्यप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। “गाईगोरुलाई यस्तो संकुचित र अमानवीय तरिकाले ओसार्नु न त पशु अधिकारसँग मेल खान्छ, न त जनस्वास्थ्यसँग,” स्थानीय एक बासिन्दा बताउँछन्।

फरार भएको ट्रक चालकको खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ। साथै, यो कार्यमा संलग्न अन्य सम्भावित गिरोह र ट्रक मालिकमाथि पनि अनुसन्धान अगाडि बढाइएको छ। बिना अनुमति, भेटेरिनरी परीक्षण र स्वास्थ्य प्रमाणीकरण पशुहरूको यस्तो अवस्थाको ढुवानीले जनस्वास्थ्य र पशु कल्याण दुवैलाई गम्भीर चुनौती दिने विज्ञहरूको भनाइ छ।

अवैध ढुवानी रोक्न कडाइ जिल्ला प्रशासन र प्रहरी दुवैले हालै केही समयदेखि गाईगोरु तस्करी तथा अवैध ओसारपसार रोक्न अभियान तीव्र बनाएको बताइएको छ। यो कारवाही त्यसै अभियानको एउटा उदाहरण हो, जसले कानून उल्लंघन गर्नेहरूलाई स्पष्ट सन्देश दिएको छ।

गाईगोरुजस्ता संवेदनशील पशुहरूको अवैध ढुवानी न केवल पशु अधिकारको हनन हो, यो सामाजिक, धार्मिक र स्वास्थ्यसम्बन्धी गम्भीर विषय पनि हो। बिहान सबेरै प्रहरीद्वारा गरिएको चेकजाँच र तुरुन्त कार्यवाहीले प्रशासनको सतर्कता र जनहितप्रति प्रतिबद्धता देखाएको छ। अब फरार चालक र सम्भावित नेटवर्कको पहिचान गरी कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM