२०८२ फाल्गुन १९ गते मंगलवार

मानवताको लागि अपिल : कतारमा पक्षघात भइ उपचाररत नेपाली युवालाई सहयोग आवश्यक

बारा जिल्ला फेटा गाउँपालिका–७ निवासी ३९ वर्षीय समसुल अंसारी हाल कतारको एक अस्पतालमा गम्भीर रूपमा उपचाररत छन्। टेलरिङ पेशामा कार्यरत अंसारी करिब चार महिनाअघि ब्रेन ह्यामरेज भई पक्षघात (परालाइसिस)को अवस्था भोगिरहेका छन्।

परिवारको आर्थिक अवस्था निकै कमजोर रहेकोले अंसारीलाई नेपाल फर्काउन आवश्यक करिब ६५,००० कतारी रियाल (अन्दाजी २४ लाख ५ हजार नेपाली रुपैयाँ) जुटाउन कठिन भएको जनाइएको छ। हाल उनी विदेशी भूमिमा पीडामा छन्, जहाँ आफन्तहरूको साथसमेत छैन।

समसुल अंसारीले विगत लामो समयदेखि विदेशमा श्रम गरेर आफ्नो परिवार पाल्दै आएका थिए। देशको अर्थतन्त्रमा रेमिट्यान्समार्फत योगदान दिँदै आएका यस्ता युवाले संकटको समयमा मातृभूमिबाट नै साथ र सहयोग नपाउनु विडम्बनापूर्ण स्थिति हो।

यस परिस्थितिमा सम्बन्धित परिवार तथा शुभेच्छुकहरूले देश-विदेशमा रहेका नेपालीहरूसँग सहयोगको अपिल गरेका छन्।
“सक्दो सहयोग गरौं, जीवन बचाऔं। तपाईंको सानो सहयोग एक जीवनको ठूलो सहारा बन्न सक्छ,” अपिलमा उल्लेख छ।

सहयोग गर्न चाहनेहरूले QR कोड स्क्यान गरी रकम पठाउन सक्ने व्यवस्था गरिएको छ। साथै, यो मानवीय अपिललाई व्यापक रूपमा शेयर गरी धेरैसम्म पुर्‍याउन पनि अनुरोध गरिएको छ।

सहयोग गरौं – आशा जगाऔं – जीवन बचाऔं।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM