नरेशचन्द्र बरबरिया सिरहा, ८ वैशाख — सिरहाली युवाहरुको एक समूहले आज प्रादेशिक अस्पतालका मेसु सुनिल कुमार कुशवाहालाई बिज्ञप्ती बुझाएका छन ।
सिरहा नगरपालिका वडा -६ का वड अध्यक्ष इन्द्रजित गोठिया यादवको विशेष पहलमा प्रादेशिक अस्पतालमा भैइरहेको चरम भ्रष्टाचार, अनियमिता, औषधिमा खरिद मा कमिसनको चलखेल , राज्यको रकम हिनामिना तथा सेवाग्राहीले भोग्नुपरेको दु:खकष्टको विरुद्धमा १९ बुँदे माग राख्दै तीन दिने अल्टिमेटम दिएका छन ।
उक्त समूहले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सुनिल कुमार कुशवाहालाई कार्यालयमै पुगेर उक्त माग समेटिएको ज्ञापनपत्र बुझाएको हो। सिरहाको सचेत सिरहाली युवाहरु” नामक समूहले उक्त ज्ञापनपत्रमार्फत अस्पतालमा व्याप्त अव्यवस्थाको तत्काल अन्त्य हुनुपर्ने माग राखेको छ ।
ज्ञापनपत्रमा उल्लेखित प्रमुख मागहरूमा विगत तिन आ.व. मा खरिद भएको औषधिहरुको हिसाव , विरामीलाइ वितरण भएको औषधिको तथ्यांक ,म्याद सकिएको औषधिको तथ्यांक, खरिद भएको ल्यावको समान र रिऐजन्टहरुको हिसाव किताब, आमा सुरक्षा कार्यक्रम(OCMC) को हिसाव किताव विरामीहरु उपचार गराएको नामावली ,सिरहा प्रादेशिक अस्पतालको हाल सम्मको सम्पूर्ण कर्मचारी नामावली सहितको नियुक्ति प्रक्रियाको कागजातहरु ।
सिरहा प्रादेशिक अस्पतालमा रहेको मेसिन, सटर, झ्याल, ढोका जस्ता काठ अन्य समानहरुको हिसाब , विरामीको पुर्जा काट्ने काउन्टर र फार्मेसी काउन्टरबाट जम्मा भएको रकमको हिसाब निशुल्क र शुल्क लाग्ने औषधिहरुको विवरण ,विगत ३ वर्ष देखि हाल सम्म भएको खर्चको बैंक स्टेटमेन्ट, अस्पतालमा कार्यरत कर्मचारीहरु तलव भत्ता प्रत्येक महिना दिने व्यवस्था मिलाउने, प्रत्येक कर्मचारीहरुको ड्रेस कोडको व्यवस्था , सरसफाइ तथा सम्पुर्ण कर्मचारीको नामावली र समय तालिका सहित सुचना पर्टिमा टास हुनु पर्ने व्यवस्था ,विद्युत व्यवस्थापन तथा ब्लड बैंकको व्यवस्थान , अस्पताल (Ranking) को पारामिटर ,मे.सु. र अध्यक्ष दिनहु कार्यालयमा बस्ने व्यवस्था , प्रत्येक महिनामा विरामीले उपचार गराएको डाटा, रेफेर भएका विरामीहरुको डाटा, पुर्जा काटने काउन्टरको डाटा, औषधि वितरण गरेको डाटा, सल्य क्रियाको डाटा, मृत्यु भएको डाटा, र ओपिडिमा जाँच गराएको सुचना पार्टिमा टाँस सहित पारदर्शिता गर्नु पर्ने ,सिरहा प्रादेशिक अस्पतालको शिर्षक बमोजिकको आमदनी र खर्चको विवरण र दरबन्दी रहेको कर्मचारीहरुको काज फिर्ता जस्ता माग बिज्ञप्तीमा उल्लेख छ।










