२०८२ फाल्गुन १९ गते मंगलवार

कालीकोटको पलाँतामा ट्याक्टर दुर्घटना हुदा चारजनाको मृत्यु

जीवन राज देवकोटा

‎‎कालीकोट । जिल्लाको पलाँता गाउँपालिका –९ थिर्पूदेखि खाद्यान्न बोकेर खिन, धौलागोह जाँदै गरेको ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

‎जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार, दुर्घटनामा परि ज्यान गुमाउनेमा पलाँता गाउँपालिका५ की ३२ वर्षीया अम्मा शाही, वडा नम्बर ४ की ३८ वर्षीया सदु बुढा, सोही वडाका २३ वर्षीया रबिन्द्र विश्वकर्मा, र ट्याक्टर चालक मुगु खत्याडका चन्द्रप्रकाश रोकाया रहेका छन् ।

‎दुर्घटना आइतबार राति करिब ११स्३० बजे पलाँता(९ थिर्पूबाट खिनतर्फ जाँदै गरेको ट्याक्टर पलाँता(२ स्थित लार्फ गाउँ नजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमै चालकसहित चार जनाको ज्यान गएको हो ।

‎स्थानीयका अनुसार ट्याक्टर झन्डै २०० मिटर तल खसेको छ । गहिरो खोंचमा खसेकोले ट्याक्टरको नम्बर प्लेट पत्ता लगाउन कठिन भइरहेको बताइएको छ ।

‎दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM