२०८२ फाल्गुन १९ गते मंगलवार

प्रादेशिक अस्पताल सिरहाको चरण बेथिति बिरुद्ध युवाहरुको ध्यानाकर्षण ।

नरेशचन्द्र बरबरिया

सिरहा बैशाख ०६ गते । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस्पतालमा दिनप्रतिदिन बढ्दो स्वास्थ्य सेवाको बेथिति सुधारका लागि सिरहाका युवाहरू एकजुट भएका छन्।

 

आज सिरहा पुस्तकालयको सभाहलमा आयोजित बैठकमा सहभागी युवाहरूले अस्पतालमा देखिएको सेवा–सुविधाको अभाव, कर्मचारीको गैरजिम्मेवारी र प्रशासनिक कमजोरीमाथि गम्भीर चिन्ता व्यक्त गरेका छन । बैठकमा सहभागीहरूले अस्पताल सुधारका लागि अबका दिनमा कस्तो रणनीति अपनाउने, जनदबाब कसरी सिर्जना गर्ने, र सम्बन्धित निकायलाई कसरी सचेत गराउने भन्नेबारे गहन छलफल भएको छ । उनीहरूले बिरामीसँग हुने व्यवहार, औषधिको अभाव, सरसफाइको कमी, तथा चिकित्सकहरूको समयमै उपस्थित नहुनु जस्ता समस्या तत्काल समाधान गर्नुपर्ने माग समेत अघि सारेका हुन ।। बैठकले अस्पताल सुधारका लागि युवा–समुदायको सक्रिय भूमिका आवश्यक रहेको निष्कर्ष निकाल्दै छिट्टै थप कार्यक्रमको योजना बनाउने निर्णय समेत गरेको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM