२०८२ फाल्गुन १९ गते मंगलवार

बाजुराको बुढीनन्दामा कृषि, पर्यटन र संस्कृति प्रवर्द्धनका लागि प्रथम महोत्सव सुरु

बाजुरा , बैशाख ५ । बाजुराको पुर्वीत्तरी क्षेत्रमा रहेको बुढीनन्दामा प्रथम बुढीनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव २०८२ सूरु भएको छ । कृषि जडीवुटी उद्योग पर्यटन र व्यापार, बुढीनन्दाको समृद्धिका लागि विकासको आधार भन्ने मुल नाराका साथ उक्त आजबाट सूरु भएको हो ।

मालाश्री स्टुडीयोको आयोजना तथा बुढीनन्दा नगरपालिकाको प्रर्वद्धन र हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको सहप्रर्वद्धनमा उक्त महोत्सव सूरु भएको महोत्सव मुल आयोजक समितिका कार्यक्रम संयोजक महेश कार्कीले बताएका छन् । महोत्सवको एक औपचारिक कार्यक्रमका विच पर्वत जिल्लाका प्रतिनिधि सभा सदस्य, नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM