बिरगंज, पर्सा — बिरगंजमा शोभा यात्रा माथि गरिएको क्रुर आक्रमणबारे राष्ट्रिय समता पार्टी नेपालका केन्द्रीय अध्यक्ष विजय प्रकाश निषादको नेतृत्वमा गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाइएको छ।
ज्ञापन पत्र बुझ्दै गृहमन्त्री लेखकले घटनाप्रति आफू अत्यन्त चिन्तित रहेको जनाउँदै दोषीहरूलाई तत्काल कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग तत्काल संवाद गरेर शोभा यात्रामा आक्रमण गर्ने अराजक समूहलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिने आश्वासनसमेत दिएका छन्।
गृहमन्त्रीले यस्तो प्रकारका अराजक गतिविधि सह्य नहुने भन्दै धार्मिक सहिष्णुता र शान्तिपूर्ण समाज निर्माणमा राज्य गम्भीर रहेको उल्लेख गरे।









