२०८२ फाल्गुन १९ गते मंगलवार

“कृष्णनगरमा ६२ जना प्रहरीको स्वास्थ्य परीक्षण सम्पन्न”

धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु, कृष्णनगर – नेपाल प्रहरीका लागि आयोजित स्वास्थ्य परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

इलाका प्रहरी कार्यालय कृष्णनगरको आयोजनामा, शिवराज अस्पताल र छन्द कालेबाबु आँखा अस्पताल, बहादुरगंजको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा कृष्णनगर इप्रका तथा मातहतका प्रहरी चौकीहरूमा कार्यरत प्रहरी जवानहरूको स्वास्थ्य परीक्षण गरिएको प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिनुभयो।

स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत प्रहरी कर्मचारीहरूको रक्तचाप, मधुमेह, दाँत, आँखासहित रगतका विभिन्न परीक्षणहरू गरिएको थियो।

प्रहरी निरीक्षक खत्रीका अनुसार, कार्यक्रमको उद्देश्य प्रहरीको स्वास्थ्यमा सुधार ल्याउने, उनीहरूलाई थप सशक्त बनाउने, सेवामा प्रभावकारिता बढाउने तथा दीर्घकालीन रोगहरूको पहिचान गरी समयमै उपचारका लागि पहल गर्ने रहेको थियो।

उक्त कार्यक्रममा जम्मा ६२ जना प्रहरी जवान तथा कर्मचारीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM