मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-५, दरदराका २८ वर्षीय अबिरल थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार दिउँसो ३:४० बजेको समयमा वडा नम्बर ५ स्थित डिल्लीपुरबाट आफ्नो घरतर्फ आउने क्रममा चट्याङ लागेर थिङको घटनास्थलमै मृत्यु भएको हो ।
चट्याङ लागेर मृतक थिङका ५६ वर्षीय सिंह बहादुर र सानी आमाका छोरा सौगात गोले घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि चितवन लगिएको जनाएको छ ।









