२०८२ फाल्गुन १९ गते मंगलवार

फोनिजको महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

लालु चौधरी
दाङ, चैत २९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यको हरेक क्षेत्रमा विशिष्ट खालको समावेशी भएमात्र लोकतन्त्र सुन्दर हुने बताउनुभएको छ ।

शुक्रबार गौतम बुद्धको भूमि लुम्बिनीको विश्व विद्यालयमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आठौँ सङ्घीय महाधिवेशनलाई सम्बोधन गर्नुहुदै उहाँले यस्तो बताउनुभएको हो ।

असमावेशीलाई समावेशी बनाउन सङ्घीयता आएको मन्त्री गुरुङले भन्नुभयो । सङ्घीयताले मात्र आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने भएकोले यस्को संस्थागतको लागि आदिवासीहरू जागरुक हुनुपर्ने बताउनुभयो ।

‘‘जहाँ लोकतन्त्र त्यहा सङ्घीयता हुन्छ, उहाँले भन्नुभयो, मुलकलाई विखण्डनबाट जोगाउनका लागि सङ्घीयताको ल्याएका हौँ र नेपाली नागरिकलाई यो देश हाम्रो हो भन्ने अनुभूति दिलाउने पनि हो ।’’

नेपालको संविधानले समावेशी र पूर्ण समानुपातिकको अधिकार उल्लेख गरेको मन्त्री गुरुङले बताउनुभयो । संविधान अनुसार आदिवासीहरूको अधिकार सुनिश्चितताको समावेशी आयोग, आदिवासी जनजाति आयोग, विभिन्न जातिय आयोग मार्फत सरकारले सम्बोधन गर्ने काम गरिरहेको छ ।

यस्तै आदिवासी जनजाति लगायतको मातृभाषाको संरक्षण र प्रवर्धनका लागि सरकारले रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रमा स्थान दिएको बताउनु भयो । मिडियामा समेत सरकारले पूर्ण समावेशीकरण गरेर काम गरिरहेको बताउनुभयो ।

यस्तै उहाँले नेपाललाई जोगाउनलाई कुनै राजा आउन आवश्यक नरहेको बताउनुभयो । नेपाललाई नेपाली नागरिकले जोगाइरहेको बताउनुभयो । ‘‘जुन राजाले आफ्नो दरबार जोगाउन सक्दैन, त्यहि राजाले कसरी देश जोगाउँछ, उहाँले भन्नुभयो, देश जोगाउनलाई कुनै राजा आउन पर्दैन ।’’

राजतन्त्र सदाका लागि अन्त्य भइसकेको छ, अब राजतन्त्र ब्युतिने सपना कसैले नदेखेको राम्रो हुने मन्त्री गुरुङले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM