२०८२ फाल्गुन १९ गते मंगलवार

रौतहटमा नक्कली कागजात भएका पाँच मोटरसाइकल नियन्त्रणमा

अशोक यादव
रौतहट, फाल्गुन ३० |  रौतहट प्रहरीले नक्कली कागजात प्रयोग गरिएको तथा कागजातविहीन पाँचवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला भरका विभिन्न स्थानमा गरिएको विशेष चेकजाँचका क्रममा ती सवारीसाधनहरू फेला पारिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका मोटरसाइकलहरूको कूल अनुमानित मूल्य करिब ३ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ। मोटरसाइकलहरू नक्कली कागजातसहित चलाइएको वा कागजातबिनै प्रयोग गरिएको पाइएको प्रहरीले बताएको छ।

विशेष कारबाहीको प्रक्रियाका लागि ती मोटरसाइकलहरूलाई रौतहट जिल्ला भन्सार कार्यालयमा बुझाइएको छ।

प्रहरी प्रवक्ता दीपक कुमारले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएका हुन्। विज्ञप्तिमा भनिएको छ, “कानूनी दायराभित्र ल्याउन र गैरकानुनी गतिविधिमा प्रयोग हुने सवारीसाधन नियन्त्रण गर्न प्रहरी प्रशासन प्रतिबद्ध छ।” प्रहरीले यस्ता चेकजाँचलाई अझ कडाइका साथ अघि बढाउने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM