२०८२ फाल्गुन १९ गते मंगलवार

सिन्धुली कलाघरको आयोजनामा राष्ट्रिय कला महोत्सव सुरु, मुख्यमन्त्री लामाद्वारा उद्घाटन”

आस्था विश्वकर्मा
सिन्धुली – विश्वको १९५ देशलाई कला मार्फत सजाई वल्र्ड आर्ट हाउसको रुपमा विकास गर्ने दीर्घकालिन योजना लिएकोे सिन्धुली कलाघरले आयोजना गरेको राष्ट्रिय कला महोत्सव आज बाट भव्यताका साथ सुरु भएको छ । निर्माणाधिन सिन्धुली कलाघरको परिसरमा वैशाख ३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय कला महोत्सव विहिबार बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले उद्धघाट गर्नुभएको हो ।


“नमुना कला संग्रहालय सिन्धुली कला घर घुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिमा रमाऔँ” भन्ने मुल नाराका साथ सुुरु भएको राष्ट्रिय कला महोत्सव नेवार, दनुवार, सुनुवार, तामाङ लगाएत जातजातीको झाँकी, खैजडी भजन, पञ्चेवाजा सहितको भव्य प्रस्तुति का साथै मयुर नित्यका साथ उद्धघाटन गरिएको थियो ।

महोत्सव उद्घाटन गर्नुहुदै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले कलाघर सिन्धुली बागमती प्रदेशका साथै देशकै गौरवको मुल रहेको बताउनुभयो । उहाँले विश्वको १९५ देशलाई कला मार्फत सजाई वल्र्ड आर्ट हाउसको रुपमा चिनाउने कलाघर सिन्धुलीको उर्जालाई देखेर प्रशंसा गर्नुभयो । मुख्यमन्त्री लामाले कला र संस्कृति संरक्षणका लागि बागमती प्रदेश सरकारले बजेटको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३ चपौलीमा रहेको कलाघरले कला घर निर्माणको अभियानमा हातेमालो संगै मौलिक कला संस्कृतिको प्रबर्धन तथा कलाघरको कलाको प्रचार गर्ने उद्देश्यका साथ सुरु भएको महोत्सवमा रैथाने संस्कृति, रैथाने खाना र रैथाने खेललाई प्रवद्र्धन गर्ने गरि स्टलहरु राखिएको छ । साथै विभिन्न जातजातीका झाँकी, मौलिक संस्कृति झल्कने पोशाकहरु, अर्गानिक खानेकुराहरु लगाएतका स्टलहरु राखिएको छ । उद्धघाटन कार्यक्रममा राष्ट्रिय स्तरका विभिन्न कलाकारहरुको बेजोड प्रस्तुती समेत रहेको थियो ।


महोत्सवमा विभिन्न जातीय कला, संस्कृति, पोशाक, परिकार र झाँकी प्रदर्शन गरिएको छ । जातीय पहिचान झल्कने पोशाक लगाएर फोटो खिच्न पाउने व्यवस्था समेत गरिएको छ । महोत्सवको उद्घाटनमा स्थापना काल देखि कलाघर निर्माण अभियानमा अहम भुमिका खेलेका कलाकारहरु र उनीहरुका अभिभावकलाई समेत सम्मान गरिएको छ ।
यस महोत्सवमा १० हजार जना भन्दा बढी दर्शकहरु अवलोकनमा आउने आङ्कलन गरिएको छ । महोत्सवमा १० भन्दा बढी जातजातिको झाकी प्रदर्शन, मैलिक पराम्परा झल्कने घरहरुको नमुना बनाई मौलिक खानेकुराहरुको परिकार प्रदर्शन, हस्तकला, चित्रकला, मुर्तीकला लगायत कलाहरुको प्रदर्शन तथा व्यापार, विद्यार्थी निर्मीत विज्ञान तथा कला प्रदर्शन, स्थानिय कृषि उत्पादनको प्रदर्शन तथा व्यापार, मार्शलआर्टक विभिन्न विधाको खेल प्रदर्शन, दर्शक स्वयम्ले सहभागिता जनाउने गरि विभिन्न मौलिक तथा मनोरञ्जनात्मक खेलहरु, जिल्ला स्तरीय विद्यालय विच नृत्य, गायन तथा चित्रकला प्रतियोगिता हुने छ । साथै कलाघरलाई स्थापनाकाल देखि आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्ने संघसंस्था, सरकारी निकायलाई सम्मान गरिने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।


कला महोत्सव हेर्नका लागि १ सयको टिकट राखिएको छ । महोत्सवमा शुक्रबारदेखि सिन्धुली अस्पतालले स्वास्थ्य परिक्षणको काम समेत गर्नेछ । कलाकारहरुको आश्रमको रुपमा विकास हुदैँ गएको कलाघरद्धारा आयोजित महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको उपस्थीतिमा मनोरञ्जनात्म कार्यक्रम हुने छ । साथै महोत्सव अवधिभर हरेक दिन बेलुका कलाघरको युटुब तथा रेडियोबाट प्रशारण हुने गरी लाइभ दोहोरी कार्यक्रम सञ्चालन गरिने छ ।
महोत्सव सम्पन्न गर्न जिल्लाका नौ वटै स्थानीय तहसँग समन्वय सहकार्य गरिएको छ । स्थानीय संघसंस्था, सुरक्षा निकाय, स्वास्थ्य संस्थाहरु, व्यवसायीहरु, खेलकुद, कलासँग सम्बन्धित संघसंस्थाहरु लगाएतसँग सहकार्य गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM