२०८२ फाल्गुन १९ गते मंगलवार

परिवारमै युद्धको माहोल: गहुँ काट्ने विवादमा कटुवा पेस्तोलसहित दाजु पक्राउ

रेयाज हुसैन पर्सा — पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ मा गहुँ काट्ने विषयलाई लिएर उत्पन्न पारिवारिक विवादले उग्र रूप लिँदा दाजुभाइबीच हातपात र झैझगडा भएको छ। सोही क्रममा प्रहरीले एक जना व्यक्तिलाई अवैध हतियार सहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ६० वर्षीय बिरेन्द्र यादव रहेका छन्। उनले झैझगडाको बेला आफ्नो कम्मरमा बाँधेको कालो बेल्टमा लुकाइ राखेको कटुवा पेस्तोल र गोली सहित पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार यादवको साथबाट एक थान कटुवा पेस्तोल, ४ राउण्ड गोली र फलामको चाचर बरामद गरिएको छ।

घटनापछि इलाका प्रहरी कार्यालयले तत्काल अनुसन्धान गर्दै यादवलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गहुँ काट्ने क्रममा दाजुभाइबीच विवाद चर्किएर झैझगडा र हातपात भएको थियो। झैझगडा नियन्त्रणमा लिन जाँदा यादवले हतियार लुकाएको अवस्थामा फेला परेका थिए।

प्रहरीले बरामद सामग्रीसहित यादवमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ। यस घटनाले गाउँमा समेत चासो र त्रास सिर्जना गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM