२०८२ फाल्गुन १९ गते मंगलवार

धोबिनीमा लामखुट्टेको आतंक: जनजीवन प्रभावित, स्थानीय तह निष्क्रिय

पर्सा,धोबिनी । गर्मीको मौसम सुरु भएसँगै गाउँपालिकामा लामखुट्टेको आतंक बढ्दै गएको छ। साँझपख र बिहानको समयमा लामखुट्टेको बाक्लो उपस्थितिले स्थानिय बासिन्दाहरूको जनजीवन प्रभावित बनाएको छ। रोग सार्ने लामखुट्टेबाट डेंगु, मलेरिया जस्ता रोगको जोखिम बढ्दो छ, तर यसतर्फ स्थानीय तहको ध्यान नपुगेको जनगुनासो बढ्दो छ।
स्थानीय बासिन्दाहरूका अनुसार विगत केही सातादेखि घरभित्रै पनि लामखुट्टेको झुण्ड देखिन थालेको छ। बालबालिका, वृद्धवृद्धा र महिलाहरू बढी प्रभावित भएका छन्। “सुत्न पनि गाह्रो छ, झ्यालढोका बन्द गरेर बस्दा पनि लामखुट्टे भित्र पस्छन्,।”

धोबिनी गाउँपालिकाले पालिकाको सबै वडामा सरसफाइ, तथा खुल्ला नालामा थुप्रिएको फोहोरलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्न नसकेककै कारण यस क्षेत्रका लाखौं जनताहरू लामखुट्टे आक्रमणका शिकार हुन पुगेका हुन् ।
यस पालिकामा लामखुट्टेको औषधि नछर्किंदा र नगर क्षेत्रको सरसफाईप्रति ईमानदार नभईदिंदा गाउँपालिकावासी चिन्तित बनेका छन।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM