२०८२ फाल्गुन १९ गते मंगलवार

भारततर्फ लैजाँदै गरिएको १२० लिटर घरेलु मदिरा सशस्त्र प्रहरीले नष्ट गर्‍यो

पर्सा, छिपहरमाई — पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुरस्थित सीमावर्ती क्षेत्रमा घरेलु मदिरा तस्करीको प्रयास विफल पारिएको छ। मिति २०८१ साल चैत २४ गते (बुधवार) बेलुका सशस्त्र प्रहरी बल अन्तर्गत कार्यरत टोलीले करिब १२० लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको हो।

सशस्त्र प्रहरी इन्सपेक्टर कृष्ण गिरीको कमाण्डमा खटिएको टोलीले नियमित गस्तीको क्रममा पिलर नम्बर ४१२ टिहुकी नजिक भारतीय सिमानातर्फ लैजाँदै गरिएको मदिरा देखेपछि कारवाही थालेको थियो। प्रहरीले नजिक पुग्नेबित्तिकै तस्करहरू मदिरा छोडेर फरार भएका थिए।

उक्त मदिरा घटनास्थलमै बरामद गरि आवश्यक अनुसन्धानपछि आज (चैत २५ गते) प्रहरी निगरानीमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी निरीक्षक गिरीका अनुसार सिमावर्ती क्षेत्रमा मदिरा, खाद्यान्न, गुटखा लगायतका वस्तुहरूको अवैध तस्करी बढिरहेकोले नियन्त्रणका लागि निरन्तर निगरानी र गस्तीलाई थप सशक्त बनाइएको छ।

स्थानीयवासीहरूले पनि यस्ता तस्करीमा रोक लगाउन प्रहरीलाई सहयोग गरिरहेका छन्। सिमाना क्षेत्रमा हुने यस्ता अवैध क्रियाकलापले समाजमा विभिन्न खालका नकारात्मक असर पार्न सक्ने भएकाले यस्ता कारवाहीलाई निरन्तरता दिने प्रहरीको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM