२०८२ फाल्गुन १९ गते मंगलवार

गुहराज निषाद जन्मोत्सव भव्यताका साथ सम्पन्न

रौतहट, चैत्र २२ गते। रौतहट जिल्लाको मौलापुर नगरपालिका–८, सोनारनियामा आज राष्ट्रिय निषाद संघको आयोजनामा निषादराज जयन्ती तथा मित्रता दिवस भव्यतापूर्वक सम्पन्न भएको छ। बृहत जनउपस्थिति रहेको उक्त कार्यक्रम विभिन्न सांस्कृतिक झाँकीहरू, धार्मिक प्रस्तुतिहरू तथा सामाजिक जागरणको सन्देशसहित सम्पन्न भएको हो।

कार्यक्रम राष्ट्रिय निषाद संघकी केन्द्रीय अध्यक्ष संजिता मुखिया निषादको अध्यक्षतामा र राष्ट्रिय समता पार्टी नेपालका राष्ट्रिय अध्यक्ष विजय प्रकाश निषादको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा नेपाल विश्व हिन्दु महासंघका केन्द्रीय महासचिव डा. अभिषेक तिवारी, समतामूलक समाज निर्माण महाअभियानका उपाध्यक्ष विशाल झा, भारतको वृन्दावनबाट आएका सुप्रसिद्ध कथावाचक कन्हैया जी महाराज सहितका सन्त महात्मा, राष्ट्रिय निषाद सांस्कृतिक मंचका केन्द्रीय अध्यक्ष राकेश कुमार केवट निषाद, निषाद समाजका वरिष्ठ नेता शोभी सहनी, सर्लाहीका नेता दशै सहनी, पर्साका युवा नेता चन्दन सहनी तथा बौद्धिक व्यक्तित्व सोनालाल सहनी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले निषाद समुदायको ऐतिहासिक योगदान, सामाजिक समरसता, र सांस्कृतिक पहिचानमाथि प्रकाश पारे। उनीहरूले निषादराज गुहराज निषादलाई श्रद्धापूर्वक सम्झिँदै नयाँ पुस्तामा चेतना फैलाउन यस्ता कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमको सञ्चालन डा. परमानन्द मुखिया निषादले गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM