२०८२ फाल्गुन १९ गते मंगलवार

रामनवमीको अवसरमा छिपहरमाई मन्दिरमा भोलि भव्य मेला

पर्सा, छिपहरमाई –पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–४ बंजारीमा रहेको ऐतिहासिक छिपहरमाई मन्दिरमा भोलि रामनवमीको अवसरमा परम्परागत मेला लाग्नेछ। नवरात्री सुरु भएदेखि नै मन्दिरको प्राङ्गणमा भाकल अनुसार अष्टयाम सञ्चालनमा रहेको छ, जसले पूरै क्षेत्रलाई भक्तिभावले भरिएको छ।

स्थानीय भक्तजनहरूले अष्टयाम कार्यक्रम स्वस्फूर्त रूपमा सञ्चालन गरिरहेका छन्। विभिन्न गाउँहरूका भजन मण्डलीहरूले मन्दिर परिसरमा पालैपालो कीर्तन, भजन प्रस्तुत गर्दै आएका छन्। परम्परागत ढोल, मृदंग, हार्मोनियमको संगतमा गाइने भजनहरूले भक्तजनलाई आध्यात्मिक अनुभूति गराइरहेको छ।

एक दिने लाग्ने मेलामा भारतबाट पनि श्रद्धालुभक्तहरु आउने गर्दछन। श्रद्धालुहरू आफूखुसी मेला व्यवस्थापनमा जुटिरहेका छन्, तर जनसंख्या र भीड व्यवस्थापनका हिसाबले यस्ता ठूला धार्मिक आयोजनामा स्थानीय निकाय वा समितिको सक्रियता अत्यावश्यक देखिन्छ।

यद्यपि, भक्तजनहरूको आस्था भने कम भएको छैन। भोलिको मेलामा टाढाटाढाबाट दर्शनार्थीहरूको भीड आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM