२०८२ फाल्गुन १९ गते मंगलवार

अब बिना दर्ता कुकुर तथा बिरालो राख्न नपाइने।

काठमाडौं । काठमाडौँ महानगरपालिका क्षेत्रमा कुकुर तथा बिराला चोरी, हराउने र छाडा छोडिने घटनाहरू बढिरहेका सन्दर्भमा महानगरले सबै पशुपालकहरूलाई कुकुर/बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित वडा कार्यालयमा दर्ता गरेर मात्र पाल्न अनुरोध गरेको छ।

महानगरले जारी गरेको सूचनामा भनिएको छ, “महानगर क्षेत्रमा कुकुर/बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेकाले, अबदेखि पाल्तु जनावरलाई दर्ता नगरी पाल्न पाइने छैन।”

त्यस्तै, काठमाडौँ महानगर क्षेत्रभित्र वा क्षेत्रबाट बाहिर कुकुर/बिरालो बिक्री वितरण गर्ने व्यक्ति वा संस्थाहरूले पनि अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री गर्नुपर्ने नियम लागू गरिएको महानगरले स्पष्ट पारेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM