२०८२ फाल्गुन १९ गते मंगलवार

सामूहिक बलात्कार आरोपमा आठ जना पुर्पक्षका लागि थुनामा

मकवानपुर हेटौंडा-२ वनस्खण्डीमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले सात किशोरसहित आठ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको मंगलबार बसेको इजलासले १८ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा हटौंडा–१४ का १८ वर्षीय सुजितकुमार लामालाई पुर्पक्षका लागि भीमफेदी कारागार पठाउने आदेश गरेको छ ।

यसैगरी बलात्कारमा संलग्न रहेको आरोपमा अदालतले सात जना किशोरलाई बालसुधार गृह हेटौंडामा पठाउने आदेश गरेको जिल्ला अदालत मककवानपुरले जनाएको छ ।गत माघ ६ गते हेटौंडा–२ स्थित वनस्खण्डी मन्दिर माथिको जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्दै एक किशोरीले दिएको उजुरीको अधारमा ८ जनालाई प्रहरीले फागुन २२ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM