२०८२ फाल्गुन १९ गते मंगलवार

नेकपा एमालेद्वारा लोकतन्त्रको पक्षमा रौतहटमा मोटरसाइकल र्‍याली

अशोक यादव,रौतहट। नेकपा एमालेले लोकतन्त्रको पक्षमा प्रदर्शन गर्दै रौतहटमा मोटरसाइकल र्‍याली निकालेको छ। शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटनाको विरोध गर्दै सोमबार देशभर प्रदर्शनको कार्यक्रम तय गरिएको थियो, जसअन्तर्गत रौतहटमा समेत व्यापक सहभागिता देखियो।

जिल्लाको मध्य क्षेत्र गरुडा बजारबाट सुरु भएको मोटरसाइकल र्‍याली गौर नगर परिक्रमा गर्दै सम्पन्न भएको थियो। एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अजयकुमार गुप्ताको नेतृत्वमा आयोजित यस प्रदर्शन कार्यक्रममा सयौं कार्यकर्ता सहभागी भएका थिए।

र्‍यालीका क्रममा गणतन्त्र र लोकतन्त्रको रक्षा गर्नुपर्ने सन्देश दिँदै वर्तमान व्यवस्थालाई अस्थिर बनाउन खोज्ने तत्वहरूलाई खबरदारी गरिएको थियो। सहभागीहरूले राष्ट्रिय झण्डा, पार्टीको झण्डा र प्लेकार्ड सहित ‘गणतन्त्र जिन्दावाद’, ‘लोकतन्त्रको रक्षा गरौं’ जस्ता नारा लगाएका थिए।

नेकपा एमालेले पछिल्लो समय देशभर नै सडक संघर्षलाई तीव्र बनाइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM