२०८२ फाल्गुन १९ गते मंगलवार

तीनकुने क्षेत्रमा स्थानीय प्रशासनद्वारा कर्फ्यू आदेश जारी

काठमाडौं, चैत १५ — राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार दिउँसो ४ बजेदेखि राति १० बजेसम्मका लागि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता अशोक कुमार भण्डारीका अनुसार, सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै कर्फ्यू आदेश लागू गरिएको हो। प्रशासनले गौशालादेखि एअरपोर्ट, गैरीधारा तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडिबुटी पुलसम्म, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल चोकसम्म तथा गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्मका क्षेत्रलाई कर्फ्यू क्षेत्र घोषित गरेको छ।

प्रशासनले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अनावश्यक आवागमन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। स्थिति नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालित गरिएको र नागरिकलाई संयम अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM