पर्सा — लागू औषधिको दुव्र्यसन नियन्त्रण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जगरनाथपुर गाउँपालिकाको आयोजनामा जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा पाण्डेपुर प्रहरी चौकीका इन्चार्ज असई बि.पि. यादवले प्रमुख वक्ताको रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रम जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, नेपाली कांग्रेसका महासमिति सदस्य रामदेव चौहान, जगरनाथपुर माविका बि.ब्य.स. अध्यक्ष हरिन्द्र चौहान, जाकिर मिया, जादोला साह, समसुल मिया लगायत स्थानीय जनप्रतिनिधि, महिला दिदीबहिनी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमले समुदायमा लागू औषधिको दुव्र्यसन रोकथाम तथा यसबाट बच्नका उपायहरूबारे जनचेतना फैलाउने विश्वास व्यक्त गरिएको छ।









