२०८२ फाल्गुन १९ गते मंगलवार

लागु औषध बिरूद्ध इलाका प्रहरी कार्यालय गणेशपुरको प्रभात फेरी रैली

कपिलवस्तु, चैत्र १४

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरको आयोजनामा लागु औषध दुरूपयोग तथा अबैध ओसारपसार बिरूद्ध प्रभात फेरी रैली कार्यक्रम सम्पन्न भएको छ।

विजयनगर गाउँपालिका वडा नं ६ प्रेमनगरमा आज प्रभात फेरी रैली निकालिएको थियो।

लागु औषध दुरूपयोग तथा अबैध ओसारपसार बिरूद्ध प्रभात फेरी रैलीले समाजमा शान्ति स्थापना तथा
स्थानीय स्तरमा लागु औषध बिरूद्ध जनचेतना अभिवृद्धि हुनुका साथै अभिभावक हरूलाई आफ्नो बाल बालिका हरूलाई लागु औषध जस्तो कुलत बाट बचाउन समेत फलदायी हुने इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले बताए।

प्रभात फेरी कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, पत्रका लगायत स्थानीय हरूको वृहत उपस्थित रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM