रौतहट संवाददाता चैत्र १२।
रौतहट जिल्लाको बृन्दावन नगरपालिका–६ हर्साहामा चक्कु प्रहारबाट एकजना वृद्ध नागरिक सहित एक युवक गम्भीर घाइते भएका छन्।
हिजो बेलुकी तरकारी किन्न हर्साहा चौक बजार गएका २० वर्षीय अरबिन्द पटेलमाथि ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल र रामाशंकरका छोरा अविनाश पटेलले ज्यान लिने उद्देश्यले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।
चक्कु प्रहारबाट अरबिन्द पटेल गम्भीर घाइते भएका छन् भने उनलाई बचाउने क्रममा सत्यनन्दन पटेलसमेत घाइते भएका छन्। घाइते दुबैजनाको हाल उपचार भइरहेको छ।घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।









