२०८२ फाल्गुन १९ गते मंगलवार

अवधी पत्रकार संघ नेपाल कपिलवस्तुमा अजय मिश्र र सुमित्रा मुराउ मनोनित

बृजेश यादव- कपिलवस्तु । अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको सदस्यता मनोनित गरीएको छ । अवधी पत्रकार संघ नेपाल कपिलवस्तुको शनिवार बसेको बैठकको निर्णयले जिल्ला र्काय समितिको सदस्यमा अजय मिश्र र  सुमित्रा मुराउलाई मनोनित गरेको संघका अध्यक्ष मनिष कुमार गुप्ताले जानकारी दिनुभयो ।

 

अजय मिश्र र  सुमित्रा मुराउलाई संघभित्र सक्रिय भूमिका निर्वाह गर्ने अवसर प्रदान गरिएको र मनोनीत सदस्यहरूले अवधी भाषा, पत्रकारिता, तथा समाजको हक हितमा काम गर्ने जिम्मेवारी वहन गर्ने संघका अध्यक्ष मनिष कुमार गुप्ताले बताउनुभो । मनोनित सदस्यहरुलाई अवधी पत्रकार संघ नेपालको विधान अनुसार नियुक्ति गरिएको अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाका सचिव बृजेश यादवले बताउनुभयोे ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM