२०८२ फाल्गुन १९ गते मंगलवार

बाराको परवानीपुरमा चट्याङको प्रहार: रुख क्षतिग्रस्त, विद्युत मिटर बक्स र मोबाइल जलेर नष्ट

बारा संवाददाता / रातोन्युज चैत्र १० 
पर्सा जिल्लाको परवानीपुर गाउँपालिका-२ निवासी कृपाराम गिरिको घरनजिकै गएराति परेको चट्याङले ठूलो क्षति पुर्‍याएको छ। गए राति अचानक परेको चट्याङका कारण उहाँको घर छेउमा रहेको रुख छिया-छिया भएको छ भने घरमा जडान गरिएको बिजुली मिटर बक्स र चार्जमा राखिएको मोबाइल जलेर पूर्ण रूपमा नष्ट भएको छ।

चट्याङका कारण घरमा रहेका अन्य विद्युतीय उपकरणहरूमा समेत असर पुगेको हुन सक्ने स्थानीयवासीले अनुमान गरेका छन्।

भाग्यवश घटनामा कुनै मानविय क्षति भने नभएको परिवारले जनाएको छ। चट्याङको उच्च जोखिमका कारण मौसमविद्हरूले वर्षायाममा विशेष सावधानी अपनाउन आम सर्वसाधारणलाई आग्रह गरेका छन्।

विशेषज्ञहरूका अनुसार चट्याङबाट बच्नका लागि घरभित्र रहँदा विद्युत उपकरणहरू अनावश्यक रूपमा नचलाउने, मोबाइल चार्जमा नराख्ने, तथा खुला ठाउँमा रहँदा अग्ला रुख तथा पोलबाट टाढा बस्नुपर्ने सुझाव दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM