२०८२ फाल्गुन १९ गते मंगलवार

अन्तर्राष्ट्रिय वन दिवसको अवसरमा जगरनाथपुर गाउँपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न

वीरगन्ज, ८चैत्र । अन्तर्राष्ट्रिय वन दिवसको अवसरमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका(५, मसिहानीमा शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ूसमृद्धिका लागि वन परियोजनाू अन्तर्गत आयोजित यस वृक्षारोपण कार्यक्रममा विभिन्न जातका विरुवा रोपिएका छन्।

वृक्षारोपण कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले विरुवा रोपेर गरेका थिए। उनले मानव जीवनका लागि मात्र नभई, विश्वव्यापी वातावरण सन्तुलनका लागि पनि बोटविरुवा र वनजंगलको विशेष महत्व रहेको बताउँदै हरेक गाउँ(टोलमा वृक्षारोपणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। साथै, उनले वृक्षारोपण गरेर मात्रै नपुग्ने भन्दै रोपिएका विरुवाहरूको उचित संरक्षण र हेरचाह पनि अनिवार्य रहेको उल्लेख गरे।

अध्यक्ष यादवका अनुसार वृक्षारोपणले वातावरण स्वच्छ राख्न, हावाको गुणस्तर सुधार गर्न, माटोको क्षय रोक्न तथा जैविक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ। जलवायु परिवर्तनका असरहरू दिनप्रतिदिन बढ्दै गइरहेको वर्तमान परिस्थितिमा वृक्षारोपण अभियानले वातावरण सन्तुलन कायम गर्न सहयोग गर्ने उनको भनाइ थियो।

 

गाउँपालिकाको आयोजनामा सम्पन्न भएको वृक्षारोपण कार्यक्रममा उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, वडाध्यक्ष नेपाली कुशवाहा, समाजसेवी बिहारी महतो नुनिया, स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरूले वृक्षारोपण अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकतामा जोड दिएका थिए। उनीहरूले वृक्षारोपण अभियानले स्थानीय स्तरमै वातावरण संरक्षणमा योगदान पुर्‍याउने र आगामी पुस्ताका लागि हरियाली तथा स्वच्छ वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरे।

यस वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणको सन्देश प्रवाह गर्दै हरियाली विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। वातावरण संरक्षणका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा सबै सहभागीहरू एकमत देखिएका थिए।

अन्तर्राष्ट्रिय वन दिवसको अवसरमा आयोजित यस वृक्षारोपण कार्यक्रमले वातावरणीय सन्तुलन कायम गर्न मद्दत गर्ने विश्वास गरिएको छ। स्थानीय प्रशासन, जनप्रतिनिधि तथा नागरिकहरूको सक्रिय सहभागिताले भविष्यमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रेरणा मिल्ने आयोजक पक्षले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM