पर्सा — श्री अजिज मियाँ माध्यमिक विद्यालय, धोबिनी–५ पर्सामा आज कक्षा १० का विद्यार्थीहरूको विदाई कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि धोबिनी गाउँपालिकाका अध्यक्ष मदन प्रसाद चौहान रहनुभएको थियो भने विशेष अतिथिका रूपमा वडा नम्बर ५ का वडा अध्यक्ष मनौवर अहमद, शिक्षा प्रेमी सलाउदिन अहमद, प्रमुख प्रशासकीय अधिकृत कृष्ण खतिवडा, शिक्षा शाखा प्रमुख जितेन्द्र प्रसाद चौहान, ह्युमन लव च्यारिटी फण्डका प्रमुख सल्लाहकार मुकेश प्रसाद पटेल तथा ह्युमन लव च्यारिटी फण्डका उपाध्यक्ष दिपेन्द्र चौधरी सहनीको उपस्थिति रहेको थियो।

कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूलाई गम्छा ओढाई सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो। कार्यक्रममा शिक्षक, पत्रकार तथा कक्षा ९ र १० का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त अवसरमा शिक्षा प्रेमी सलाउदिन अहमदले शिक्षाको महत्वका बारेमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो भने प्रमुख अतिथि मदन प्रसाद चौहानले पनि मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन शिक्षक अशोक पटेलले गर्नुभएको थियो।









