पर्सा- वीरगन्ज
पर्सा–१ क्षेत्रअन्तर्गत वीरगंज–३० लालपर्सामा आज प्रदीप यादव ले घरदैलो कार्यक्रम सम्पन्न गर्दै स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरे।
कार्यक्रममा उनले शिक्षा, स्वास्थ्य, सडक र खानेपानी क्षेत्रमा सुधार गर्दै जनताको जीवनस्तर उकास्ने आफ्नो एजेन्डा प्रस्तुत गरे। महिला, युवा र ज्येष्ठ नागरिकको सहभागिताले कार्यक्रम उत्साहजनक बनाएको थियो।
स्थानीयले सडक, खानेपानी र अन्य आधारभूत सेवामा सुधारको माग राखे। यादवले जनताको समस्या संसद्मा पुर्याउने र ठोस नतिजा दिने प्रतिबद्धता दोहोर्याए। सहभागीहरूले ‘परिवर्तनको समय आएको’ भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।








