पर्सा जिल्लाको धोबिनी गाउँपालिका–५ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। ह्युमन लभ च्यारिटी फन्डको आयोजनामा हुने उक्त शिविरमा बिरगञ्जबाट पाल्नु भएका दक्ष तथा अनुभवी विशेषज्ञ चिकित्सकहरुद्वारा स्वास्थ्य परीक्षण, उपचार तथा निःशुल्क औषधि वितरण गरिने आयोजकले जनाएको छ।
शिविरमा बालरोग, महिला तथा स्त्री रोग, प्रजनन तथा यौन स्वास्थ्य, मुटु, रक्तचाप, मधुमेह, थाइराइड लगायतका रोगहरूको परीक्षण सेवा उपलब्ध हुनेछ।
उक्त निःशुल्क स्वास्थ्य शिविर २०८२ माघ १७ गते शनिबार, बिहान १० बजेदेखि ४ बजेसम्म, श्री अजिज मियाँ माध्यमिक विद्यालय, धोबिनी–५ मा सञ्चालन हुने जनाइएको छ। आयोजकले स्थानीय सर्वसाधारणलाई शिविरको सेवा लिन आग्रह गरेका छन्।









