पर्सा । समाजसेवामा सक्रिय संस्था ह्युमन लभ च्यारिटी फन्ड नेपाल सरकारमा औपचारिक रूपमा दर्ता भएको छ। लामो समयदेखि मानवीय सेवा, सहयोग र सामाजिक उत्तरदायित्वका क्षेत्रमा क्रियाशील उक्त संस्था अब कानुनी मान्यता प्राप्त गर्दै औपचारिक रूपमा अघि बढेको हो।
संस्थाका पदाधिकारी तथा सदस्यहरूको निरन्तर मेहनत, इमानदारी र निस्वार्थ समर्पणको परिणामस्वरूप यो महत्वपूर्ण उपलब्धि हासिल भएको बताइएको छ। दर्तासँगै संस्थाले आफ्ना गतिविधिहरूलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी ढंगले सञ्चालन गर्ने लक्ष्य लिएको छ।
ह्युमन लभ च्यारिटी फन्डले विगतदेखि नै गरिब, असहाय, विपन्न वर्ग, शिक्षा, स्वास्थ्य तथा आपतकालीन सहयोगका क्षेत्रमा योगदान दिँदै आएको छ। आगामी दिनहरूमा पनि संस्थाले समाजका आवश्यकतामा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै मानवताका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ।
संस्थाको औपचारिक दर्तालाई सदस्यहरू तथा शुभेच्छुकहरूले खुसीको रूपमा लिँदै यसले समाजसेवाको यात्रामा थप ऊर्जा र जिम्मेवारी थप्ने विश्वास व्यक्त गरेका छन्।









