शीर्षक : संस्कार खोज्दै समाज
दु:खै दुखले भरिएको यो जिन्दगी ।
सुख भन्ने कहाँ छ ?
भ्रष्टाचारीहरुको ब्रस्जव चल्ने ।
न्याय भन्ने कहाँ छ ?
ट्युसन भयो फैसन ।
स्वयं अध्ययन भन्ने कहाँ छ ?
मान्छेहरू धर्म र कर्म भुल्दै छन् ।
संस्कार भन्ने कहाँ छ ?
अनुहार भयो मेकअपको ।
रूप भन्ने कहाँ छ ?
कपडा भयो छोटो ।
लाज भन्ने कहाँ छ ?
मान्छे भयो स्वार्थी ।
नैतिकता भन्ने कहाँ छ ?
भए सबै निर्दयी ।
मानवता भन्ने कहाँ छ ?
✍️ नन्दकिशोर साह
कालिकामाई गाउँपालिका – ०१,रबिदास









