रौतहट
जाडो यामसँगै बढ्दो शीतलहरका कारण विपन्न समुदायको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
मिति २०८२।०९।२५ गते दिउँसो १४:०० बजेदेखि १५:४५ बजेसम्म यस बी.ओ.पी.को मुख्य गेट अगाडि सप्रनि मानबहादुर श्रेष्ठको नेतृत्वमा ०७ जनाको टोलीले जिल्ला रौतहट, ईशनाथ नगरपालिका–०२, औरैया टोलका ५४ घरधुरी विपन्न परिवारलाई न्यानो टोपी वितरण गरेको हो।
कार्यक्रमअन्तर्गत प्रत्येक घरधुरीलाई जाडोबाट जोगाउने उद्देश्यले १/१ थान न्यानो टोपी प्रदान गरिएको थियो। स्थानीय बासिन्दाहरूले समयमै प्राप्त राहतले चिसो मौसममा राहत मिलेको प्रतिक्रिया दिएका छन्।
उक्त राहत वितरण कार्यक्रमले विपन्न समुदायप्रति सुरक्षानिकायको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलता प्रस्ट रूपमा झल्काएको छ।









