२०८२ फाल्गुन १९ गते मंगलवार

नगर प्रमुखको निर्देशनमा पोखरियाको चौकहरुमा आगो बालियो 

शैलेश गुप्ता १३ पौष पोखरिया 

पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहानको निर्देशनमा पोखरिया नगरपालीकाको विप्त ब्यवस्थापन साखाले नगर प्रहरीको समन्वयमा आज विहानै देखी पोखरिया बजार क्षेत्रमा रहेका चौक चौकमा दाउरा वितरण गरि सो दाउरामा आगो बाली आम नगरीकलाई चिसो बाट न्यानो बनाउँने र आगो तपाउँन गरेको सो आगो ताप्दै सर्वसाधारण हर्शितभउको विप्त ब्यवस्थापन साखाकाले जनाएको छ ।

जाडो बाट आम नागरीकलाई आगो तपाई न्यानो गराउने काम जाडो भरी निरन्तर चलिरहने नगरपालीकाको विप्त ब्यवस्थापन साखाले जानाएको छ । पोखरिया बजार स्थित रहेको नेपाल रेडक्रस सोसायटी उप साखा पोखरियाको चौक ,सहिद चन्दन पटेल चौक, लुम्बिनी विकास बैक अगाडीको चौक ,टेम्पु ईरिक्सा स्टैन, पोखरिया बस बिसौनी,पोखरिया अस्पताल , ईलाका प्रहरी कार्यालय पोखरिया,शशत्र प्रहरी वेश केम्प पोखरिया ,शिव मन्दिरको परिसर ,रामजानकी मन्दिरको परिसर लगाएतका ठाउँहरुमा अगो बालिएको नगर प्रहरले जनाएको छ।

बजार क्षेत्रमा दैनिक गाउँ गाउ बाट सरसमान किनमेलका लागी आउने मानिसहरुको चहलपहल हुने र स्थानिय बृद्ध बृद्धाहरलाईलाई जाडोमा हुने कठीनाईलाई सहज बनाउने उदेश्यले आगो बालिएकोे नगरप्रहरीहरुले बताएका हुन ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM