कपिलवस्तु ।
राष्ट्र निर्माण दल नेपालकाे पार्टी सचिवालय बैठकले कपिलवस्तुको मायादेवी गाउँपालिकामा गाउँपालिका स्तरीय नयाँ नेतृत्व चयन गरेको छ।
मायादेवी गाउँपालिकामा इरशाद अहमद मुसलमानलाई अध्यक्ष, सिर्जना विमल हेल्डरलाई उपाध्यक्ष, शिवकुमार चमारलाई सचिव र तोफिक मुसलमानलाई सहसचिवको जिम्मेवारी प्रदान गरिएको छ।
पार्टीले नवनियुक्त पदाधिकारीहरूलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा पार्टीको नीति, विधि–विधान र उद्देश्यअनुसार सक्रियतापूर्वक क्रियाशील रहन निर्देशन दिएको छ।
स्थानीय तहमा पार्टीको प्रभावकारी उपस्थिति सुदृढ गर्दै जनतासँगको सम्बन्ध मजबुत बनाउने उद्देश्यले नेतृत्व चयन गरिएको पार्टीले जनाएको छ।
नियुक्तिप्रति शुभकामना व्यक्त गर्दै पार्टीका केन्द्रीय उपाध्यक्ष खगेन्द्र प्रसाद ढकालले नवनियुक्त नेतृत्वबाट सक्रिय, अनुशासित तथा परिणाममुखी कार्यको अपेक्षा व्यक्त गर्नुभएको छ।









