काठमाडौं
११औँ महाधिवेशन अन्तर्गत अपाङ्गता क्षेत्रबाट केन्द्रीय सदस्य पदका उम्मेदवार डा. वीरेन्द्रराज शर्मा पोखरेललाई अत्यधिक मत दिई विजयी गराउन अपिल गरिएको छ।
युवा अवस्थामै आँखाको ज्योति गुमाए तापनि पहुँचयुक्त प्रविधिको उपयोग गर्दै पीएचडी हासिल गर्न सफल डा. पोखरेलले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएको छ। उहाँ राष्ट्रिय अपाङ्गता संगठन नेपालका संस्थापक हुनुका साथै नेकपा एमाले विदेश विभाग तथा समावेशीकरण तथा सामाजिक सेवा विभागका पूर्व सदस्य समेत रहनुभएको छ।
अपाङ्गता अधिकार, समावेशी नीति निर्माण र सामाजिक न्यायका क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आउनुभएका डा. पोखरेललाई अपाङ्गता क्षेत्रबाट नेकपा एमालेको केन्द्रीय सदस्य पदमा अमूल्य मत प्रदान गरी विजयी गराउन सम्बन्धित सबै पक्षसँग हार्दिक अपिल गरिएको छ।









