२०८२ माघ १० गते शनिबार

पत्रकार शैलेश गुप्तामाथि जीराभवानी गापाका कर्मचारीद्वारा दुव्यर्वहार,प्रेस चौतारी नेपाल पर्साद्वारा कारबाहीको माग

पोखरिया । समाचार संकलनको क्रममा जीराभवानी गाउँपालिका पुगेका पत्रकार शैलेश गुप्तामाथि त्यहाँका केही कर्मचारीले दुव्यर्वहार गरेका छन् ।

पर्सा जिल्लाबाट प्रकाशित हुंदै आएको फेमस नेपाल सन्देश साप्ताहिकका प्रकाशक एवं प्रेस चौतारी नेपाल पर्साका सदस्य शैलेश साह गुप्तामाथि बुधवार जीराभवानी गाउँपालिकाको केही उच्छृखंल कर्मचारीहरुले दुव्यर्वहार गरेका हुन् । त्यहाँका कर्मचारी इन्द्रजीत हजरा, जितेन्द्र मिश्रालगायतले पत्रकार शैलेशलाई अपशब्द प्रयोग गरी मोबाइल फोन खोस्ने र हातपात समेतको प्रयास गरेको थिए ।

पर्सा जिल्लाको जीराभवानी गाउँपालिकामा भइरहेको अनियमितता, भ्रष्टाचार र कर्मचारीका अनुपस्थितिको समबन्धमा स्थानीयद्वारा जानकारी प्राप्त भएपछि पत्रकार शैलेश गुप्ता समाचार संकलनका लागि बुधवार करिब १२ –३० बजे जीराभवानी गाउँपालिकाको कार्यालयमा पुगेका थिए ।
पत्रकार गुप्ता जीराभवानी गाउँपालीकाको कार्यालयमा पुगेपछी कार्यालय समयमा प्रमुख प्रशासकिय अधिकृत, गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायत जनप्रतिनिधी तथा कर्मचारीहरू थिएनन । सो कार्यालयमा कार्यरत केही कार्यालय सहयोगी र गार्ड सहित २–३ जना कर्मचारीहरू मात्र थिए । कर्मचारीको कुर्सी खाली रहेको अवस्थामा पत्रकारले खाली कुर्सीको फोटो खिच्न खोज्दा त्यहाँ उपस्थित कर्मचारीहरूले मोबाइल खोसेर दुव्यर्वहार समेत गरेका थिए ।
कार्यालय परिसरमा रहेको गार्ड र कर्मचारीलाई प्रेसको परिचयपत्र देखाउदा र आफु प्रेस चौतारीको सदस्य हो भने पछी झोले पत्रकारको केही काम छैन । यो त झोले हो भनेर हप्काउदै नानाथरी गालीगलौज गरी खिचेको फोटो समेत डिलिट गरेका थिए । त्यहाँ उपस्थित कार्यालय सहयोगी, गार्ड र अन्य कर्मचारीहरूले स्थानीयहरूलाई बोलाई पत्रकारगुप्तालाई हातपात गर्ने प्रयास गर्न खोज्दा पत्रकार गुप्ताले जसो तसो मर्यादा बचाई त्यहाँबाट फर्केका थिए ।
यस घटनापछि प्रेस चौतारी नेपाल पर्साले विज्ञप्ति जारी गर्दै श्रमजीवी पत्रकार शैलेश गुप्ताले सूचना सम्प्रेषणको लागि आफनो अधिकार र परिधिभित्र रही कार्य गरिरहेको अवस्थामा उनीमाथि दुव्यर्वहार गर्ने उच्छृंखल कर्मचारीलाई कारबाहीको माग गरेका छन् ।
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष्F निरन्जन मिश्रले आज प्रेस विज्ञप्ति जारी गरी जीराभवानी गाउँपालिकाको सिसिटिभी फुटेज छानबिन गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसंग माग गरेका छन् । उनले पत्रकार गुप्तामाथि दुव्यर्वहार गर्ने कर्मचारीहरुलाई प्रचलित कानून बमोजिम कारबाही गर्न माग गरेका छन् ।
सम्बन्धित निकायले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही नगरिए प्रेस चौतारी नेपाल पर्सा आन्दोलन गर्न बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM