रौतहट क्षेत्र–२
का युवा नेता तथा सान्सद उम्मेदवार शेख सगीर आलमले परोहा नगरपालिका–३ तेजापाकडमा हालै भएको आगलागीका पीडित परिवारलाई राहत वितरण गरेका छन्।

ग्यास सिलिन्डर विस्फोटका कारण नरेश साह र उमाशंकर साहका घरहरू पूर्ण रूपमा जलेर नष्ट भएपछि आलम घटनास्थलमा पुगेर पीडित परिवारको अवस्थाबारे जानकारी लिए र तत्काल आवश्यक पर्ने खाद्यान्न, कपडा तथा अन्य राहत सामग्री हस्तान्तरण गरेका हुन्।
आलमले आगलागीबाट प्रभावित परिवारलाई यथाशीघ्र थप सरकारी तथा गैरसरकारी सहयोग जुटाउन आफू प्रतिबद्ध रहने बताएका छन्।
स्थानीयवासीहरूले समयमै घटनास्थल पुगेर सहयोग र राहत वितरण गरेकोमा आलमप्रति धन्यवाद व्यक्त गरेका छन्।









