२०८२ मंसिर २१ गते आईतवार

पशु क्वारेन्टाइन महेशपुरको संयुक्त अनुगमन ।

रबिन्द्र यादव / पश्चिम नवलपरासी 

पशु क्वारेन्टाइन चेकपोस्ट महेशपुरले संयुक्त रुपमा अनुगमन गरेको छ । भारतबाट नेपालमा हुने पशु तथा पशुजन्य पदार्थ अबैध पैठारी नियन्त्रण गर्नका लागि संयुक्त अनुगमन गरिएको पशु चिकित्सक एवं पशु क्वारेन्टाइन चेकपोस्ट कार्यालय महेशपुरका प्रमुख कुबेर बिसीले जानकारी दिए । खुल्ला सिमानाको फाइदा उठाउदै पशु तथा पशुजन्य पदार्थको तस्करी हुने गरेकोले जिल्लाको विभिन्न नाकामा संयुक्त अनुगमन गर्न थालिएको हो । बिसीका अनुसार जिल्ला पश्चिम नवलपरासी र भारतको सिमानामा पर्ने झुलनिपुर, गुठी परसौनी, कठहवा र भैरमपुरको नाका सम्म अनुगमन गरिएको हो ।

 

संयुक्त अनुगमनमा सशस्त्र प्रहरी बल बि ओ पी गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापा, प्रहरी चौकी बसहियाका कार्यालय प्रमुख सई संजय यादव , पत्रकार , व्यावसायिक लगायतको उपस्थिति रहेको पशु क्वारेन्टाइन चेकपोस्ट महेशपुरले जनाएको छ । पशु क्वारेन्टाइन चेकपोस्ट महेशपुरले पशु तथा पशुजन्य पदार्थको अबैध पैठारी नियन्त्रणमा सम्पुर्ण सरोकारवालाहरुको भुमिका महत्त्वपूर्ण रहेको जनाएको छ । पशु क्वारेन्टाइन कार्यालय भैरहवाको आ.व्य ०८२/०८३ को स्वीकृत कार्यक्रम बमोजिम अनुगमन भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM