२०८२ फाल्गुन १९ गते मंगलवार

भिस्वा–सिकटा सिमा नाका आज बेलुका सम्मका लागि बन्द

Advertiesment
Advertiesment

पर्सा, कार्तिक २१। पर्सा जिल्लाको भिस्वा–सिकटा सिमा नाका आज बेलुका ५:०० बजे सम्मका लागि अस्थायी रूपमा बन्द गरिएको छ। सुरक्षा व्यवस्था सुदृढ गर्न र भीड नियन्त्रणका लागि स्थानीय प्रशासनले यो कदम चालेको हो।

जानकारी अनुसार भारतको बिहार राज्यका मुख्यमन्त्री नितीश कुमार आज साँझ सिकटा, बिहारमा हुने चुनावी प्रचार–प्रसार कार्यक्रममा सहभागी हुन आउँदै छन्। सो अवसरमा दुवै देशका सुरक्षा निकायहरू उच्च सतर्कतामा राखिएका छन्।

Advertiesment
Advertiesment

तर नाका अचानक बन्द गरिँदा यात्रु तथा सर्वसाधारण अलपत्र परेका छन्। दुवै देशका नागरिकहरू, व्यापारी तथा यात्रुहरूलाई आवागमनमा समस्या भएको छ। स्थानीयवासीले पूर्वसूचना नदिई नाका बन्द गर्दा असुविधा भएको गुनासो गरेका छन्।

नेपाल–भारत सिमानामा अहिले सुरक्षा निकायहरूको व्यापक उपस्थिती देखिएको छ भने प्रशासनले नागरिकहरूलाई अनावश्यक रूपमा सिमानातर्फ नजान आग्रह गरेको छ।

Advertiesment

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM