२०८२ फाल्गुन १९ गते मंगलवार

‎जसपाको केन्द्रीय समिति बैठक शुरू , राजनीतिक प्रतिवेदन र सुशासनमा जोड

मेवालाल यादव ‎

ललितपुर, कार्तिक २० / जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय समिति बैठक  ललितपुरको थसी ब्याङक्वेटमा शुरू भएको छ। ‎ ‎“सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवाद” भन्ने मूल नारासहित शुरू उक्त बैठकमा पार्टीका शीर्ष नेताहरू, प्रदेश प्रतिनिधि र केन्द्रीय सदस्यहरूको उपस्थितिमा आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण तथा नीतिगत मुद्दाहरूमा गम्भीर छलफल गरीने बताईएकाे छ । ‎

‎बैठकमा पार्टी अध्यक्ष, वरिष्ठ नेताहरू, केन्द्रीय सदस्यहरूले सम्बोधन गर्दै सङ्घीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयन, सुशासन प्रवर्द्धन, सामाजिक न्यायको प्रत्याभूति र समाजवाद उन्मुख अर्थनीतिक नीति अघि बढाउने आवश्यकता औंल्याए। ‎ ‎स्रोतका अनुसार बैठकले वर्तमान राजनीतिक स्थिरता, मधेस र जनताको अधिकारका सवालमा पार्टीको भूमिका स्पष्ट गर्ने तथा आगामी निर्वाचनका रणनीतिक तयारीबारे पनि निर्णय गरीने बताईएकाे छ।

बैठकमा पाँच मुख्य कार्यसूचीहरूमा छलफल र निर्णय गरीने बताईएकाे छ । ती कार्यसूचीमा राजनीतिक प्रतिवेदन तथा प्रस्तावहरू प्रस्तुत गर्ने, सङ्गठनात्मक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा आयोगको प्रतिवेदन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन र जिम्मेवारी तोक्ने विषय, साथै विविध प्रस्तावहरू समेत समावेश गरीनेछ । ‎ ‎बैठकमा अध्यक्ष र अन्य वरिष्ठ नेताहरूले सम्बोधन गर्दै पार्टीको वैचारिक मार्गदर्शन, सङ्घीयता सुदृढीकरण, सुशासन प्रवर्द्धन र सामाजिक न्याय स्थापनामा जसपा नेपाल को अग्रणी भूमिका रहकाे स्पष्ट पारेका छ । ‎ ‎

बैठकले पार्टी संगठनलाई सबै तहमा सुदृढ बनाउने, आगामी निर्वाचनका लागि तयारी अघि बढाउने र देशमा स्थायी राजनीतिक स्थिरता कायम गर्न सहकार्यका ढोका खोल्ने निर्णय गरेको बताइएको छ। ‎ ‎स्रोतका अनुसार, जसपाले अब आन्तरिक एकता, नीति स्पष्टता र जनस्तरमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढ्ने तयारी गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM