२०८२ फाल्गुन १९ गते मंगलवार

९ दलको एकता घोषणा अघि अशोक जयसवालले माओवादी केन्द्रबाट राजीनामा

कात्तिक, कअशोक यादब नेकपा माओवादी केन्द्र रौतहटका इन्चार्ज अशोक जयसवालले प्रचण्ड नेतृत्वको पार्टीमा नरहने घोषणा गरेका छन् ।

 

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जयसवालले यस्तो घोषणा गरेका हुन् । जयसवाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।

 

 

‘आज माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग गर्न पुगेको एकता औचित्यहीन, अपरिपक्व, अर्थहीन र उद्देश्यविहीन भएकोले क. प्रचण्ड नेतृत्वको पार्टीमा आजदेखि न रहेको कुरा सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छु,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९ वटा दल र समूहबीच आज एकता घोषणा हुँदैछ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM