पर्सा । धोबिनी गाउँपालिका वार्ड नं ३ का स्थानीय युवाहरुले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा विनियोजित बजेट तथा खर्चको विवरण सार्वजनिक गर्न माग गर्दै एक लिखित निवेदन पेस गरेका छन्।
स्थानीय युवा नेता सलमान अहमदको अगुवाइमा युवाहरुले आईतबार वार्ड कार्यालय पुगेर निवेदन बुझाएका हुन्। युवाहरुले निवेदनमार्फत पारदर्शिता, जवाफदेहिता र विकास योजनामा स्थानीय सहभागिताको सुनिश्चितताका लागि खर्च विवरण सार्वजनिक गर्न आग्रह गरेका छन्।

निवेदन बुज्दै गर्दे अह्मदले भने, “हामीलाई हाम्रो वार्डमा आएको बजेट कहाँ, कसरी खर्च भयो भन्ने जानकारी हुनु आवश्यक छ। जनप्रतिनिधिले विकासबारे स्पष्टता दिनुपर्छ।”

जवाफमा वार्ड अध्यक्षले निवेदनको अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्। युवाहरुले छिटोभन्दा छिटो सार्वजनिक सुनुवाइको मिति तय गरी वित्तीय विवरण सार्वजनिक गर्न माग समेत गरेका छन्।

यसअघि पनि गाउँपालिकास्थरमा बजेटको पारदर्शिताबारे सवाल उठ्दै आएका छन्। स्थानीय युवाहरुको यो पहलले भविष्यमा उत्तरदायित्व र पारदर्शिताको संस्कार निर्माणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।









